‘कनेक्ट आईपीएस खाता अस्थायी रूपमा निष्क्रिय भयाे’ भन्दै आउने एसएमएसबाट सतर्क सहन एनसीएचएलकाे आग्रह
techpana.com · Tue Jun 02 01:26:04 GMT 2026

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले ‘कनेक्ट आईपीएस’ को नाममा आउने विभिन्न नक्कली एसएमएसबाट सतर्क रहन आग्रह गरेको छ । कनेक्ट आइपीएसको नाम प्रयोग गरेर ठगी गर्ने प्रयास बढेको भन्दै प्रयोगकर्तालाई सतर्क रहन एनसीएचएलले आग्रह गरेको हो ।
एनसीएचएलले एक सूचना जारी गरी ‘कनेक्ट आईपीएस खाता अस्थायी रूपमा निष्क्रिय भयाे’’ (connectIPS account temporarily disabled) भन्दै विभिन्न नक्कली यूआरएलबाट पठाइने एसएमएसहरू फेक भएको जानकारी गराएको छ । एनसीएचएलले ‘𝐜𝐨𝐧𝐧𝐞𝐜𝐭𝐈𝐩𝐬.𝐧𝐞𝐭’, httpps://connectipsverify.com लगायतका अनधिकृत लिङ्कबाट आउने सन्देशहरूमा विश्वास नगर्न र त्यस्ता लिङ्कमा क्लिक नगर्न प्रयोगकर्तालाई अनुरोध गरेको छ ।
Read full story at source (techpana.com)