बाढीपीडितका लागि वीरगन्ज महानगरले १ करोड ११ लाख दिने
annapurnapost.com · Sat Aug 29 09:12:00 GMT 2026

वीरगन्ज : भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि वीरगन्ज महानगरपालिकाले १ करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ। कार्यवाहक मेयर इम्तियाज आलमको अध्यक्षतामा शनिबार बसेको महानगरपालिकाको कार्यपालिका बैठकले १ करोड ११ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो।
बैठकले उक्त सहयोग रकम विभिन्न आन्तरिक स्रोतहरूबाट जुटाउने निर्णय पनि गरेको छ। महानगरका ३२ वटा वडा रहेको र ती प्रत्येक वडा कार्यालयबाट १ लाख २५ हजार रुपैयाँ, महानगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरूको १ महिनाको तलब तथा सेवा–सुविधा बराबरको रकम, महानगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीहरूको तलबबाट मुख्यसचिवस्तरीय निर्णयअनुसार तोकिएको रकम संकलन गरेर १ करोड ११ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने कट्टा गरिने कार्यवाहक मेयर आलमले जानकारी दिए।
Read full story at source (annapurnapost.com)