पोखरामा ल्याइएका १०२ शवमध्ये छ वटाको मात्र भयो पहिचान, क्षतविक्षतका कारण कठिनाइ
hamrakura.com · Sat Aug 29 00:00:00 GMT 2026

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको शव पहिचानमा गम्भीर समस्या देखिएको छ। बिहीबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएका १०२ वटा शवमध्ये अहिलेसम्म छ वटा शवको मात्र पहिचान हुन सकेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिएका छन्। बाढीले बगाएर विभिन्न जिल्लामा पुर्याएका कतिपय शवहरू अत्यधिक क्षतविक्षत भएका कारण चिन्नै नसिकिने अवस्थामा रहेको उनको भनाइ छ।
पहिचान खुलेका शवहरू आवश्यक कानुनी प्रक्रिया पूरा गरेर आफन्तलाई जिम्मा लगाउन सुरु गरिएको छ भने पहिचान हुन नसकेका शवहरूलाई ‘बेवारिसे शव व्यवस्थापन निर्देशिका’ बमोजिम व्यवस्थापन गरिने प्रहरीले जनाएको छ।
Read full story at source (hamrakura.com)