साउन लागेसँगै बढ्यो हरियो चुरापोतेको व्यापार
lokaantar.com

साउन महिना शुरू भएसँगै सङ्घीय राजधानी काठमाडौंमा हरियो चुरापोते तथा मेहन्दीको व्यापार बढेको छ । सहरी क्षेत्रमा बस्ने महिलाले पछिल्लो समय साउन लागेपछि हातमा मेहन्दी लगाउने, हरियो चुरा र पहेँलो पोते लगाउने क्रम बढेसँगै बजारमा चुरापोते र मेहन्दीको व्यापार बढेको हो ।
हिन्दूहरूले साउन महिनालाई भगवान् शिवको महिनाका रूपमा लिने गरेका छन् । हिन्दू महिला तथा पुरुषले साउन महिनाभर भगवान् शिवको पूजा आराधना गर्ने गर्छन् । साउनमा महिला हातमा मेहेन्दीसँगै हरियो चुरा र तथा पहेँलो पोते लगाउने गर्छन् । यस्तै, पुरुषहरूले पहेँलो वस्त्र लगाउने गर्छन् ।
Read full story at source (lokaantar.com)