सीको आह्वान- एआईमा एक देशको प्रभुत्व नहोस्
kendrabindu.com · Fri Jul 17 07:18:06 GMT 2026

साङ्घाई । चिनियाँ राष्ट्रपति सी जिनफिङले कृत्रिम बौद्धिकता (एआई) को विकास कुनै एक देशको नियन्त्रण वा प्रभुत्वमा सीमित हुन नहुने बताउँदै यसको सुरक्षित, समावेशी र दिगो विकासका लागि अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य रहेको बताएका छन् ।
विश्व आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन (डब्लुएआइसी) को उद्घाटन समारोहलाई शुक्रबार सम्बोधन गर्दै उनले एआईलाई प्रतिस्पर्धाको नभई, सहकार्यको माध्यम बनाउनुपर्नेमा जोड दिए । “एआईको विकास कुनै एक देशको एकल प्रदर्शन होइन, अन्तर्राष्ट्रिय सहकार्यको सिम्फनी हुनुपर्छ”, राष्ट्रपति सीले भने ।
Read full story at source (kendrabindu.com)