दरौँदी नदीमा मलामी बेपत्ता
ratopati.com · Fri Jul 17 07:46:28 GMT 2026

गोरखा । मलामी गएका गोरखाका एक युवा दरौँदी नदीमा बगेर बेपत्ता भएका छन् । अजिरकोट गाउँपालिका–४ तालफुटे घाटमा मलामी गएका झ्याँवाका ४० वर्षका शमशेर नेपाली दरौँदी नदीले बगाउँदा बेपत्ता भएका हुन्।
बिहीबार दिउँसो १ः०० बजेदेखि नदीमा हराइरहेका उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।
Read full story at source (ratopati.com)