सरकारी जागिरबाट पेन्सन पाएकाले अब करारमा काम गर्न नपाउने
nepalsamaya.com · Fri Jul 17 07:49:00 GMT 2026

काठमाडौं- सरकारले कुनै सरकारी सेवाबाट अवकाश र उपदान प्राप्त गरेका वा निवृत्तिभरण पाइरहेका करारमा कार्यरत कर्मचारीलाई आजदेखि सेवा निरन्तरता नगरी बिदाइ गर्ने भएको छ।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सबै सरकारी निकायलाई सातबुँदे परिपत्र गर्दै हाल करारमा कार्यरत कर्मचारीलाई अर्को व्यवस्था नभएसम्मका लागि सम्बन्धित निकायमै करार सम्झौता गरी पूलमा राख्न निर्देशन दिएको छ। यसको एकीकृत विवरण भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अद्यावधिक गर्नेछ।
Read full story at source (nepalsamaya.com)