जनअपेक्षाअनुसार सेवा प्रवाह गर्न अदालत प्रतिबद्ध छ -न्यायाधीश खड्का
kendrabindu.com · Fri Jul 17 08:02:00 GMT 2026

काठमाडौं । काठमाडौं जिल्ला अदालतका न्यायाधीश चुरामन खड्काले अदालतलाई पारदर्शी, छिटोछरितो र जनउत्तरदायी बनाउन आफूहरू प्रतिबद्ध रहेको बताएका छन् ।
काठमाडौं जिल्ला अदालतद्वारा आयोजित पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै न्यायाधीश खड्काले अदालतका कामकारबाही आदेश र फैसलामार्फत सार्वजनिक हुने भएकाले सञ्चारमाध्यमसँग प्रत्यक्ष संवाद अपेक्षाकृत कम हुने गरेको बताए । उनले भने, ‘अदालत पारदशी र छिटोछरितो हुनुपर्छ न्याय सम्पादन गर्नुपर्छ भन्नेमा प्रतिबद्ध छौं । हामीले गर्ने कामकारवाहीहरु आदेश र फैसलाको माध्यमबाट सार्वजनिक हुने भएकाले पत्रकारहरुसँग अलि कमै मात्रामा प्रत्यक्ष रुपमा कुरा हुने गरेको छ ।’
Read full story at source (kendrabindu.com)