नबिल बैंक स्थापनाको ४२औँ वर्षमा प्रवेश, एआई प्रविधिको नेतृत्व गर्दै ‘बैंकिङ एण्ड बियोन्ड’ तर्फ अघि बढ्ने प्रतिबद्धता
nepalsamaya.com · Fri Jul 17 08:21:16 GMT 2026

काठमाडौं- नेपालको निजी क्षेत्रको अग्रणी वित्तीय संस्था नबिल बैंक लिमिटेड स्थापनाको ४२औँ वर्ष पूरा गरी नयाँ ऐतिहासिक यात्रामा प्रवेश गरेको छ। स्थापनाकालदेखि नै नेपाली बैंकिङ क्षेत्रमा आधुनिक प्रविधिको सुरुआत गर्दै आएको यस बैंकले आफ्नो ४२औँ वार्षिकोत्सवको अवसरमा परम्परागत बैंकिङको सीमाभन्दा माथि उठेर वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
बैंकले ग्राहक, समुदाय र समग्र देशको अर्थतन्त्रका लागि समावेशी र समृद्ध भविष्य निर्माण गर्ने उद्देश्यका साथ ‘बैंकिङ एण्ड बियोन्ड’ अवधारणालाई अझ सबल रूपमा अघि सारेको हो। वार्षिकोत्सवका अवसरमा बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीले विगत ४२ वर्षदेखि नबिल बैंकको मुटुमा केवल ‘विश्वास’ धड्किरहेको र यो नै बैंकको सबैभन्दा ठूलो सम्पत्ति भएको बताएका छन्।
Read full story at source (nepalsamaya.com)