दार्चुलामा रक्तदाता समूह पहिचान अभियान
barnanmedia.com · Sat Jun 06 10:08:25 GMT 2026

नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा उपसमितिको आयोजना तथा महाकाली नगरपालिकाको सहयोगमा सदरमुकाम खलङ्गामा रक्तदान उत्प्रेरणा तथा रक्त समूह पहिचान कार्यक्रम सञ्चालन गरिएको छ । ‘म पनि रक्तदाता’ भन्ने नारासहित सञ्चालन गरिएको अभियानअन्तर्गत आज खलङ्गास्थित पुलघाट र बसपार्क क्षेत्रमा रक्त समूह पहिचान तथा जनचेतनामूलक कार्यक्रम गरिएको छ ।
‘ल्याब असिस्टेन्ट’ करनसिंह धामीका अनुसार पुलघाटमा ८३ र बसपार्क क्षेत्रमा ५७ जनाको रक्त समूह पहिचान गरिएको छ । गत वैशाख १३ गतेदेखि दार्चुलामा रक्त सञ्चार केन्द्र स्थापना भएपछि त्यसलाई प्रभावकारी रूपमा सञ्चालनका लागि अभियान सुरु गरिएको उहाँले बताउनुभयो ।
Read full story at source (barnanmedia.com)