एक वर्षमा १,११६ एफडीआई परियोजना स्वीकृत, प्रतिबद्धता ५८ अर्ब रुपैयाँ नाघ्यो
aarthiknews.com

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा नेपालले १ हजार १ सय १६ वटा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) परियोजनालाई स्वीकृति दिएको छ। उद्योग विभागका अनुसार ती परियोजनामार्फत ५८ अर्ब १ करोड ८ लाख ५३ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ। यो अवधिमा स्वीकृत परियोजनाबाट २८ हजार ४२३ जनालाई रोजगारी सिर्जना हुने अनुमान गरिएको छ।
विभागले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार गत आर्थिक वर्षभर स्वचालित मार्ग (अटोमेटिक रुट) र स्वीकृति मार्ग (अप्रुभल रुट) दुवै माध्यमबाट विदेशी लगानी स्वीकृत भएको हो।
Read full story at source (aarthiknews.com)