भोटेकोशी बाढी : कैलाली, महोत्तरी र सर्लाहीका ५९ जना सम्पर्कविहीन
nepalnews.com · Thu Aug 27 10:31:18 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीपछि कैलाली, महोत्तरी र सर्लाहीका ५९ जना सम्पर्कविहीन भएका छन् । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि हालसम्म कैलालीका ४० जना सम्पर्कविहीन रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सेनाले जानकारी दिए ।
बाढी प्रभावित क्षेत्रमा काम, व्यवसाय तथा अन्य सिलसिलामा पुगेका कैलालीका ४० जना नागरिकको हालसम्म परिवार तथा आफन्तसँग सम्पर्क हुन नसकेको प्रहरीको प्रारम्भिक विवरणमा उल्लेख छ।
Read full story at source (nepalnews.com)