प्रविधिले जोगाउँदै कुम्हार समुदायको पुख्र्यौली पेसा
gorkhapatraonline.com · Tue Jun 02 03:59:50 GMT 2026

कल्याणपुर (सप्तरी), जेठ १९ गते । माटोका विभिन्न प्रकारका भाँडा बनाउने मुख्य पेसा तराई मधेशमा बसोबास गर्ने कुम्हार समुदायको पहिचानसँग जोडिएको छ । पुस्तौँदेखि यही पेसा अपनाउँदै आएको कुम्हार समुदायले माटोका भाँडाकुँडा निर्माण तथा बिक्री गरेर जीविकोपार्जन गर्दै आएको भए पनि आधुनिक जीवनशैली, प्लास्टिक तथा अन्य औद्योगिक सामग्रीको बढ्दो प्रयोगका कारण यो पुख्र्यौली पेसा पछिल्ला वर्षमा सङ्कटमा पर्दै गएको थियो ।
लोप हुने अवस्थामा पुगेको यही पेसा अहिले भने आधुनिक प्रविधिको सहायताले पुनः जीविकोपार्जनको भरपर्दो माध्यम बन्दै गएको छ । सीप विकास तालिम र आधुनिक उपकरणको प्रयोगले कुम्हार समुदायका महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बन्न सहयोग पुगेको छ ।
Read full story at source (gorkhapatraonline.com)