धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर
barnanmedia.com · Fri Jul 17 09:06:46 GMT 2026

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले अब केबल हिमाल, हिमनदी, वनजङ्गल तथा भौतिक संरचनालाई मात्र नभई, मानव सभ्यता र स्थानीय समुदायले सयौँ वर्षदेखि जोगाएर राखेका सांस्कृतिक सम्पदालाई असर गर्न थालेको छ ।
विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा रहेको सोलुखुम्बुको खुम्बु क्षेत्रमा विसं २०८१ साउन ३२ गते हिमताल विस्फोटपछि आएको बाढीले यसको एउटा टड्कारो उदाहरण प्रस्तुत ग¥यो । जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामेको माथिल्लो क्षेत्रमा रहेका दुई वटा हिमताल फुटेर आएको बाढीले घर, होटल, पुल, बाटो र कृषि जमिन मात्र तहसनहस बनाएन, बौद्ध धर्मवलम्बीकोे धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक पहिचान बोकेका सयौँ वर्ष पुराना माने, छोर्तेन तथा बौद्ध सम्पदामा अपूरणीय क्षति पुर्याएको छ ।
Read full story at source (barnanmedia.com)