नयाँ आर्थिक वर्षकाे पहिलाे दिन नेप्सेमा हरियाली, साढे ४ अर्बमाथिको सेयर कारोबार
kendrabindu.com · Fri Jul 17 09:28:54 GMT 2026

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ काे पहिलाे दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उल्लेख्य सुधार देखिएको छ। आज नेप्से परिसूचक ७९.७४ अंक अर्थात् ३.०६ प्रतिशतले बढेर २,६७७.५४ को बिन्दुमा पुगेर बन्द भएको छ।
बजारमा हरियाली छाएसँगै कारोबार रकममा पनि राम्रो सुधार आएको छ। आज दिनभरिमा कुल ३३५ कम्पनीका १ करोड ३ लाख ८९ हजार ७७ कित्ता सेयर ५८ हजार ९४ पटक खरिदबिक्री हुँदा कुल ४ अर्ब ५७ करोड ५० लाख ९४ हजार ७ सय २३ रुपैयाँ ५१ पैसा बराबरको कारोबार भएको छ।
Read full story at source (kendrabindu.com)