नगरवासीका सुझाव सुन्दै माडी नगरपालिका, सार्वजनिक सुनुवाइ सम्पन्न
ajakoartha.com · Fri Jul 17 09:42:00 GMT 2026

काठमाडौं- माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो चौमासिक तथा वार्षिक अवधिको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । स्वदेश एफएमको सहजीकरणमा नगरसभा हल, बसन्तपुरमा आयोजित कार्यक्रममा नगरवासीले विकास निर्माण, कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, पूर्वाधार, सामाजिक सुरक्षा तथा सेवा प्रवाहसँग सम्बन्धित विभिन्न प्रश्न, गुनासा र सुझाव प्रस्तुत गरेका छन् ।
सुनुवाइमा बोल्दै माडी–७ का हरि रानाभाटले भूमिगत सिँचाइभन्दा सतही सिँचाइ प्रणालीमा लगानी बढाउन, रिचार्ज पोखरी निर्माण गर्न, जथाभावी टहरा निर्माण रोक्न, आत्महत्याका घटना न्यूनीकरणका लागि मनोसामाजिक परामर्श कार्यक्रम सञ्चालन गर्न, बसन्तपुर बजारको पार्किङ व्यवस्थापन गर्न तथा मगोई नदीमा व्यवस्थित दाहसंस्कार स्थल तोक्न सुझाव दिए ।
Read full story at source (ajakoartha.com)