व्यवसायीलाई आतंकित पार्न भ्रम छर्ने अभियन्ताको जगजगी, यस्तो छ छाया सेन्टरको कृत्रिम विवादको चुरो कुरो
barnanmedia.com · Fri Jul 17 09:35:23 GMT 2026

काठमाडौँ । देशकै राजधानीको मुख्य व्यापारिक केन्द्र ठमेलमा अवस्थित छायाँदेवी कम्प्लेक्सको जग्गा अन्त्यहीन विवादमा जकडिँदै आएको छ । केही व्यक्तिहरूले जग्गाको इतिहासलाई तोडमोड गर्दै भ्रम सिर्जना गर्ने प्रयास गरिरहेका छन् । तर, ऐतिहासिक तथ्य, कानुनी कागजात, र अदालती रेकर्डहरूले ती भ्रमहरूको पर्दाफास गर्दछन् । यो लेख त्यही तथ्य, कानुन र इतिहासको दर्पणमा सम्पूर्ण विवादलाई निष्पक्ष रूपमा विश्लेषण गर्ने प्रयास हो ।
विवाद सिर्जना गर्नेहरूको मुख्य बहस विशेष गरी विक्रम संवत २०३३ साल पौष २३ गते सर्वोच्च अदालतमा तत्कालीन न्यायाधीशद्वय विश्वनाथ प्रसाद उपाध्याय र प्रकाश बहादुर केसीको संयुक्त इजलासको रोहबरमा भएको मिलापत्रमा केन्द्रित देखिन्छ । उक्त मिलापत्रले अनियमित रूपमा केयुर शमशेर जबरालाई ‘मोही’ स्थापित गरी भोग चलनको अधिकार दिएको आरोप लगाउने प्रयास भइरहेको छ ।
Read full story at source (barnanmedia.com)