नीतिगत लचकता, घट्दो ब्याजदर र प्रधानमन्त्रीको पहलले शेयर लगानीकर्ता उत्साही
aarthiknews.com

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै नेपाल शेयर बजारमा लगानीकर्ताको मनोबल सुधारिन थालेको छ। नेपाल राष्ट्र बैंकको सम्भावित लचक मौद्रिक नीति, बैंकिङ प्रणालीमा पर्याप्त तरलता, घट्दो ब्याजदर र सरकारले पूँजी बजार सुधारका लागि अघि सारेका नीतिगत पहलले बजारमा सकारात्मक अपेक्षा बढाएको हो।
पछिल्लो समय निरन्तर दबाबमा रहेको शेयर बजारमा नयाँ आर्थिक वर्षको पहिलो दिनदेखि नै लगानीकर्ताको गतिविधि बढेको देखिएको छ। आगामी मौद्रिक नीतिमार्फत शेयर बजार र निजी क्षेत्रलाई थप सहज गराउने व्यवस्था आउने अपेक्षाले बजारमा खरिद चाप बढेको विश्लेषण गरिएको छ।
Read full story at source (aarthiknews.com)