नेप्से परिसूचक ७९ दशमलव ७४ अंकले बढ्यो
ajakoartha.com · Fri Jul 17 09:59:00 GMT 2026

काठमाडौं- नयाँ आर्थिक वर्षको पहिलो दिन धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७९ दशमलव ७४ अंकले बढेर दुई हजार ६७७ दशमलव ५४ मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११ दशमलव ५१ अंकले उकालो लागेर ४६८ दशमलव ३८ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक पाँच दशमलव ४५ अंकले बढेर एक सय ८४ दशमलव ०३ मा पुगेको छ ।
Read full story at source (ajakoartha.com)