रेशम चौधरीसँग साविक नाउपाका चार सांसदको भेट, सरकार गठनबारे आन्तरिक छलफल
nepalpress.com · Fri Jul 17 10:03:28 GMT 2026

कैलाली । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको विषयले राजनीतिक माहौल तातेका बेला साबिक नागरिक उन्मुक्ति पार्टी (नाउपा) का चार सांसदले पार्टीका संरक्षक रेशम चौधरीसँग भेटवार्ता गरेका छन्।
बर्दियाको गुलरियास्थित रेशम चौधरीको निवासमा पूर्वमन्त्री घनश्याम चौधरी, रामेश्वर चौधरी, लक्ष्मणकिशोर चौधरी र इन्दीरा गिरीले भेट गरी प्रदेशको बदलिँदो राजनीतिक अवस्था र सरकार गठनबारे आन्तरिक छलफल गरेका हुन्। स्रोतका अनुसार साबिक नाउपाका पाँचै सांसद एकै धारमा रहे पनि सांसद टीका थापा स्वास्थ्य समस्याका कारण बैठकमा उपस्थित हुन सकेनन्।
Read full story at source (nepalpress.com)