शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट
gorkhapatraonline.com · Sat Aug 29 09:31:30 GMT 2026

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले गुणस्तरीय शिक्षा सुधारका लागि समानुपातिक र आवश्यकताका आधारित बजेट विनियोजन गरिने बताउनुभएको छ । कैलालीको धनगढीमा आज आयोजित प्रदेशस्तरीय विद्यालय दिवा खाजा सम्मेलनमा उहाँले विद्यालयको भौतिक पूर्वाधारसँगै प्रविधिको प्रयोगमार्फत गुणस्तरी शिक्षा प्रवद्र्धनमा जोड दिनुपर्ने बताउनुभयो ।
मुख्यमन्त्री भट्टले सरकारले अभिभावकको सहजता र विद्यार्थीलाई पुषणयुक्त खाजासहित प्रभावकारी रूपमा शिक्षा प्रदान गर्न अगाडि सारेका योजनामा साथ दिन सबैको जिम्मेवारी भएको धारणा राख्नुभयो । उहाँले विद्यालय दिवा खाजा कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन आवश्यक रहेको बताउनुभयो ।
Read full story at source (gorkhapatraonline.com)