पहिलोपटक केएमसीमा मष्तिष्कमा फुटेको एभीएमको बिनाचिरफार सफल उपचार
kendrabindu.com · Fri Jul 17 10:32:04 GMT 2026

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी)ले ६७ वर्षको उमेरमा फुटेको मस्तिष्कको जटिल रक्तनलीसम्बन्धी रोग ब्रेन एभीएमको चिरफार नगरी न्युरोइन्टरभेन्सन प्रविधिबाट सफल उपचार गर्दै नेपालमै नयाँ चिकित्सा इतिहास रचेको छ। चिकित्सकहरूका अनुसार ६७ वर्षको उमेरमा फुटेको एभीएमको यस प्रकारको सफल उपचार भएको नेपालमै पहिलो घटना हो।
६७ वर्षका हरिप्रसाद कँडेल पहिलेदेखि नै दीर्घकालीन कलेजो रोगबाट पीडित थिए। एक दिन शौचालय जाने क्रममा उनी अचानक बेहोस भएपछि परिवारले तत्काल काठमाडौं मेडिकल कलेजको आकस्मिक कक्षमा पुर्यायो । करिब तीन घण्टादेखि अचेत रहेका उनको तत्काल सीटी स्क्यान गर्दा मस्तिष्कको असामान्य स्थानमा ठूलो रक्तस्राव (हेमाटोमा) देखियो।
Read full story at source (kendrabindu.com)