सरकारको ठूलो तयारी: ६० हजार करार कर्मचारी हटाउने प्रस्ताव, देशभर आन्दोलनको चेतावनी
barnanmedia.com · Fri Jul 17 10:18:18 GMT 2026

सरकारले संघ, प्रदेश र स्थानीय तहमा कार्यरत करिब ६० हजार करार, अस्थायी तथा ज्यालादारी कर्मचारी हटाउने नीतिगत प्रस्ताव तयार गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तयार गरेको उक्त प्रस्तावबारे उच्च सरकारी अधिकारीहरूबीच लगातार छलफल भइरहेको स्रोतले जनाएको छ।
प्रस्तावअनुसार सरसफाइ कर्मचारी, कार्यालय सहयोगी, चालक, कम्प्युटर अपरेटर, डेटा इन्ट्री अपरेटर, प्लम्बर, माली, मेकानिक लगायतका सहयोगी तथा सामान्य प्राविधिक सेवाहरू सरकारी स्थायी संरचनाबाट हटाएर कम्पनीमार्फत (आउटसोर्सिङ) सञ्चालन गर्ने योजना अघि सारिएको छ।
Read full story at source (barnanmedia.com)