बलुचिस्तानमा सुरक्षा बलमाथि आक्रमण, ४५ पाकिस्तानी सैनिक मारिएको दाबी
ratopati.com · Fri Jul 17 10:34:25 GMT 2026

इस्लामवाद । विद्रोही सङ्गठन बलुचिस्तान लिबरेशन आर्मी (बीएलए) ले पाकिस्तानको अशान्त बलुचिस्तान प्रान्तमा सुरक्षा बलको काफिलामाथि भएको आक्रमणमा ४५ पाकिस्तानी सैनिक मारिएको दाबी गरेको छ ।
भारतीय सञ्चारमाध्यम द प्रिन्टले बलुचिस्तान पोस्टलाई उद्धृत गर्दै जनाएअनुसार, बिहीबार मस्तुङ क्षेत्रमा गरिएको आक्रमणको जिम्मेवारी बीएलएले लिएको हो । पाकिस्तानी सेनाले आक्रमण भएको पुष्टि गरे पनि हालसम्म हताहतको आधिकारिक विवरण सार्वजनिक गरेको छैन ।
Read full story at source (ratopati.com)