३० हजार मेट्रिक टन रासायनिक मल आयात प्रक्रिया अघि बढ्यो
nepalnews.com · Fri Jul 17 11:24:04 GMT 2026

काठमाडौँ । कृषि प्रयोजनका लागि आवश्यक ३० हजार मेट्रिक टन रासायनिक मल नेपाल ल्याउने प्रक्रिया सुरु भएको छ। अन्तर्राष्ट्रिय बोलपत्र ९ग्लोबल टेन्डर० मार्फत खरिद गरिएको उक्त परिमाणको मल भारतको कोलकाता बन्दरगाहमा आइपुगेपछि नेपालतर्फ ढुवानीको काम अघि बढाइएको हो।
कुल परिमाणमध्ये १ हजार २५० मेट्रिक टन मल नेपाल पठाउन बुधबारदेखि ढुवानी सुरु गरिएको छ। ढुवानी सुरु भएको उक्त खेप करिब चार दिनभित्र नेपाल भित्रिने अनुमान गरिएको छ।
Read full story at source (nepalnews.com)