२२ करोड ठगी मुद्दामा नवलपरासीका शैलेन्द्र गुप्ता प्रहरी हिरासतमा
annapurnapost.com · Fri Jul 17 11:27:40 GMT 2026

परासी : उखु किसानलाई २२ करोड बढी भुक्तानी नगरी ठगी गरेको आरोपमा नवलपरासी रामग्राम नगरपालिका–२ परासीका शैलेन्द्र गुप्तालाई सर्लाही प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । गुप्ता सर्लाही धनकौल गाउँपालिका– २ मा अन्नपूर्ण सुगर एण्ड जनरल इण्डष्ट्र्जि प्रालिका सञ्चालक हुन् ।
उखु किसानलाई भुक्तानी गर्नुपर्ने रकम नदिएको भन्दै गुप्तासहितका सञ्चालकविरुद्ध सर्लाही प्रहरी कार्यालयमा ‘ठगी, आपराधिक, विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसुर’ मा किसानहरुले जाहेरी दिएपछि गुप्तालाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको हो । उद्योग सञ्चालक शैलेन्द्र नवलपरासी निर्वाचन क्षेत्र नम्बर २ बाट रास्वपाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य नरेन्द्रकुमार गुप्ताका दाजु हुन् । उक्त उद्योग शैलेन्द्र र सांसद नरेन्द्रकी श्रीमती सीमा गुप्ताको नाममा छ । शैलेन्द्रसँगै सीमा गुप्तालाई समेत पक्राउ पुर्जी जारी गरेको बताइएको छ । सीमा गुप्ता भने अहिलेसम्म पक्राउ परेकी छैनन् ।
Read full story at source (annapurnapost.com)