न्याय क्षेत्रमा सुशासन कायम गर्न प्रतिबद्ध भएर लाग्नेछु : प्रधानन्यायाधीश डा. शर्मा
shilapatra.com · Tue Jun 02 06:16:00 GMT 2026

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्याय क्षेत्रमा सुशासन कायम गर्न प्रतिबद्ध भएर लाग्ने बताएका छन् । संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका पत्रकारहरूले गरेको भेटमा आज उनले न्याय क्षेत्रको सुधार गरी सुशासन कायम गर्ने सबैलाई साथमा लिएर अगाडि बढ्ने बताए ।
प्रधानन्यायाधिश डा. शर्माले भने, ‘आमनागरिकले न्यायपालिकाप्रति राखेको अपेक्षा, स्वच्छ, निष्पक्ष, छिटो छरितो, गुणस्तरीय र प्रभावकारी न्याय सम्पादन एवं सुशासनसम्बन्धी विषयमा मैले कार्ययोजनामा नै राखेको छु । आकस्मिक रूपमा जिम्मेवारीमा आएको छु, सोहीअनुसार काम गरेर देखाउँछु ।’
Read full story at source (shilapatra.com)