मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च
kendrabindu.com · Fri Jul 17 11:57:30 GMT 2026

जनकपुरधाम । मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको ५६.३१ प्रतिशत खर्च गरेको छ । मधेस प्रदेश सरकारको अर्थ मन्त्रालयले सार्वजनिक गरेको खर्च प्रगति विवरणअनुसार प्रदेश सरकारले आव २०८२/८३ मा चालुतर्फ ६०.६९ प्रतिशत र पुँजीगततर्फ ५४.१२ प्रतिशत बजेट खर्च गरेको छ ।
प्रदेश सरकारले आव २०८२/८३ का लागि चालुतर्फ रु १५ अर्ब ६३ करोड ८२ लाख २२ हजार र पुँजीगततर्फ रु ३१ अर्ब ३४ करोड ५१ लाख ३० हजार गरी कुल रु ४६ अर्ब ९८ करोड ३३ लाख ५२ हजार बजेट विनियोजन गरेको थियो । त्यसमध्ये असार मसान्तसम्ममा चालुतर्फ रु नौ अर्ब ४९ करोड १६ लाख एक हजार र पुँजीगततर्फ रु १६ अर्ब ९६ करोड ५१ लाख ४९ हजार गरी कुल रु २६ अर्ब ४५ करोड ६७ लाख ५० हजार खर्च भएको अर्थ मन्त्रालयका तथ्याङ्क अधिकृत राजेन्द्र आचार्यले जानकारी दिए ।
Read full story at source (kendrabindu.com)