माइतीघरमा प्रदर्शनमा उत्रिए वीरगन्जवासी
baahrakhari.com · Tue Jun 02 06:46:09 GMT 2026

काठमाडौं । पर्साको वीरगन्जस्थित मुख्य सडक (मेन रोड) विस्तार गर्ने काम रोक्न माग गर्दै स्थानीले काठमाडौंमा प्रदर्शन गरेका छन् । विकासका नाममा विनाश गर्न नहुने भन्दै उनीहरूले डोजर आतंक बन्द गर्नुपर्ने मागसहित मंगलबार (जेठ १९) माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरूले ‘सर्वोच्च अदालतले वीरगन्जवासीलाई न्याय देऊ’, ‘वीरगन्जमा डोजर आतंक बन्द गर’ लगायत नारा लगाएका थिए । वीरगन्ज सडक पीडित संघर्ष समितिका संयोजक कुन्दन रौनियारले दशकौँदेखि कानुनी प्रक्रिया पूरा गरेर निर्माण गरिएका घर तथा व्यावसायिक संरचना भत्काउने तयारीले हजारौँ परिवार विस्थापित हुने बताए ।
Read full story at source (baahrakhari.com)