वीरगन्जका मेयर सिंहलाई अदालतमा उपस्थित गराइयो
himalpress.com · Tue Jun 02 07:34:05 GMT 2026

काठमाडौँ- पर्साको वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहलाई अदालतमा उपस्थित गराइएको छ। सिंहको मुद्दा मुख्यन्यायाधीश गायत्री प्रसाद रेग्मीको इजलासमा परेको छ। स्रेस्तादार प्रभाकर मल्लिकका अनुसार अब उक्त मुद्दामा बयान लिने र थुनछेक बहस हुनेछ। बहसपछि अदालतले मेयर सिंहलाइ पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छाड्नेबारे आदेश दिनेछ।
सिंहलाई मंगलबार बिहान ६ बजे पर्साको ठोरीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजु कार्कीले जानकारी दिए। पर्सा जिल्ला अदालतले उनलाई लिखत किर्ते कसुरमा पक्राउ पुर्जी जारी गरेको थियो।
Read full story at source (himalpress.com)