नेपालमा टिभिएस रोनिन मोनोतोन र एगोन्डा भेरियन्ट सार्वजनिक
ictsamachar.com

काठमाडौं । दुई र तीन पाङ्ग्रे सवारी साधनको विश्वव्यापी निर्माता टिभिएस मोटर कम्पनीले नेपालका लागि आफ्नो आधिकारिक राष्ट्रिय वितरक जगदम्बा मोटर्स प्रालि मार्फत नयाँ टिभिएस रोनिन मोनोतोन (मोनोटोन) र टिभिएस रोनिन एगोन्डा (एगोन्डा) भेरियन्ट सार्वजनिक गरेको छ । यससँगै कम्पनीले नेपालमा आफ्नो प्रिमियम मोटरसाइकल पोर्टफोलियो थप मजबुत बनाएको जनाएको छ ।
काठमाडौंको ठमेलस्थित क्लब नोभामा आयोजित सांगीतिक कार्यक्रमका बीच सार्वजनिक गरिएका यी नयाँ भेरियन्टहरूले टिभिएस रोनिन लाइनअपमा बोल्ड स्टाइलिङ, आधुनिक–रेट्रो चरित्र तथा प्रिमियम मोटरसाइकल सेग्मेन्टमा आकर्षण थप गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।
Read full story at source (ictsamachar.com)