राष्ट्र बैंक ऐन संशोधनमा खुला छलफल गर्न तयार छौंः वाग्ले, क्रिप्टोकरेन्सीबारे अध्ययन गछौंः पौडेल
corporatenepal.com · Fri Jul 17 13:00:30 GMT 2026

काठमाडौं । संसदको अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ । प्रतिनिधिसभाले दफावार छलफलका लागि उक्त विधेयक अर्थ समितिमा पठाएको थियो ।
बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले विधेयकमाथि खुला र विधिसम्मत छलफलमार्फत आवश्यक निर्णयमा पुग्न सरकार तयार रहेको बताए । उनले राष्ट्र बैंकका गभर्नरले अनुभवका आधारमा केही सुझाव प्रस्तुत गरेको उल्लेख गर्दै सञ्चालक समितिमा सदस्य संख्या पाँच, सात वा नौ जना राख्ने विषयमा समितिले नै निर्णय गर्नुपर्ने बताए ।
Read full story at source (corporatenepal.com)