ब्रिटिस स्टिल राष्ट्रियकरणमा चीनको आपत्ति
barnanmedia.com · Fri Jul 17 12:54:54 GMT 2026

बेलायत सरकारले ब्रिटिस स्टिललाई पूर्णरूपमा राष्ट्रियकरण गर्ने निर्णय कार्यान्वयन गरेपछि चीनले त्यसप्रति कडा असन्तुष्टि जनाउँदै यसलाई ‘राष्ट्रिय सुरक्षाको बहानामा गरिएको जबर्जस्ती कब्जा’ को संज्ञा दिएको छ । बेइजिङले बेलायतलाई अन्तर्राष्ट्रिय नियमको पालना गर्न तथा चिनियाँ लगानीकर्तालाई निष्पक्ष व्यवहार गर्न आग्रह गरेको छ ।
चीनको वाणिज्य मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा बेलायत सरकारले चिनियाँ कम्पनी जिङ्येको स्वामित्वमा रहेको ब्रिटिस स्टिललाई राष्ट्रिय सुरक्षाको नाममा आफ्नो नियन्त्रणमा लिएको आरोप लगाएको छ । मन्त्रालयले बेलायतमा लगानी गरेका चिनियाँ उद्यमप्रति समान र निष्पक्ष व्यवहार गर्न लन्डनलाई आग्रह गरेको छ ।
Read full story at source (barnanmedia.com)