पल्सर आरपीएम टेकओभर टोखामा सम्पन्न, युवाको साहसिक कला र प्रतिभा प्रदर्शन
ictsamachar.com

काठमाडौं । पल्सर आरपीएमले काठमाडाैंको टोखास्थित स्केटर्स नेपालमा आयोजना गरेको ‘पल्सर आरपीएम टेकओभर टोखा’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । युवा पुस्ताको ऊर्जा, सिर्जनशीलता र साहसिक प्रतिभालाई एकै थलोमा प्रस्तुत गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न विधाका कलाकार तथा खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा बी–बोइङ (ब्रेक डान्स), स्केटबोर्डिङ, बीएमएक्स प्रदर्शन तथा र्याप ब्याटलजस्ता आकर्षक प्रस्तुतिहरू समावेश थिए । यी गतिविधिमार्फत नेपालका उदीयमान तथा भूमिगत प्रतिभाहरूले आफ्नो कला र क्षमता प्रदर्शन गरेका थिए । कार्यक्रममा उपस्थित दर्शकहरूले उत्साहपूर्ण सहभागिता जनाउँदै प्रत्येक प्रस्तुतिको भरपुर मनोरञ्जन लिएका थिए ।
Read full story at source (ictsamachar.com)