सुस्ता : नदीले काटेको भूमि, विवादले थिचेको भविष्य
nepalpress.com · Sat Jun 06 10:41:39 GMT 2026

नेपाल–भारत सीमा विवादको चर्चा हुँदा प्रायः कालापानी, लिपुलेक र लिम्पियाधुराको नाम अगाडि आउँछ । ती विषयहरू राष्ट्रिय राजनीति, कूटनीति र जनभावनाका केन्द्र बन्ने गरेका छन् । तर पश्चिम नवलपरासीको सुस्ता पनि यस्तै एउटा भूभाग हो, जसले दशकौँदेखि आफ्नो अस्तित्वको लडाइँ लडिरहेको छ । फरक यति मात्र हो–यहाँको विवाद हिमालको टाकुरामा होइन, नदीको बदलिँदो धारमा लेखिएको छ ।
अहिले फेरि सुस्ता चर्चामा छ । कारण, नारायणी नदीको कटान रोक्न निर्माण भइरहेको तटबन्ध । सुस्ता गाउँपालिका–५ मा सिँचाइ विभागले नदी नियन्त्रणका लागि तटबन्ध निर्माण गरिरहेको थियो । करिब एक किलोमिटर लामो संरचनाको काम अन्तिम चरणतिर पुग्दै गर्दा थप १३५ मिटर तटबन्ध निर्माणमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले आपत्ति जनाएको छ । स्थानीय जनप्रतिनिधिका अनुसार त्यसपछि निर्माण कार्य प्रभावित बनेको छ ।
Read full story at source (nepalpress.com)