श्रीमान्ले पढाए, प्रहरीको जागिर पाएपछि प्रेमीसँग फरार
rajdhanidaily.com · Sat Aug 29 09:52:30 GMT 2026

रौतहट । भारतको बिहार राज्यस्थित रोहतासबाट वैवाहिक सम्बन्धलाई लिएर चकित पार्ने घटना सार्वजनिक भएको छ। श्रीमान्को सहयोगमा पढाइ पूरा गरी बिहार प्रहरीमा जागिर पाएकी एक महिला जागिर तथा तालिम पूरा गरेपछि प्रेमीसँग फरार भएको घटना सार्वजनिक भएको हो।
घटनामा श्रीमान् अजय सिंहले आफ्नी पत्नी अर्चनालाई पढाउनदेखि कोचिङ तथा विभिन्न परीक्षा दिलाउनसम्म आर्थिक तथा अन्य सहयोग गरेको दाबी गरेका छन् । विवाहपछि पत्नीको पढाइलाई निरन्तरता दिन अजयले शहर–शहर लगेर परीक्षा तथा प्रतिस्पर्धात्मक परीक्षामा सहभागी गराएको बताइएको छ। श्रीमान्को सहयोगमा अर्चनाले परीक्षा उत्तीर्ण गर्दै बिहार प्रहरीमा प्रहरी जवानको जागिर पाउन सफल भएको बताइएको छ।
Read full story at source (rajdhanidaily.com)