प्रधानमन्त्रीले माफी नमागेसम्म संसद् चल्न दिँदैनौँ: सचेतक परियार
hamrakura.com · Tue Jun 02 00:00:00 GMT 2026
काठमाडौँ । नेपाली कांग्रेसका राष्ट्रिय सभाका सचेतक पदमबहादुर परियारले प्रधानमन्त्री वालेन्द्र साहले नेपालले पनि भारतको धेरै ठाउँ मिचेको छ भनि दिएको अभिव्यक्तिबारे माफी नमागेसम्म संसद् बैठक चल्न नदिने चेतावनी दिएका छन्। मङ्गलबार राष्ट्रिय सभा बैठक सुरु हुनासाथ उनले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति आपत्तिजनक रहेकाले उनी संसद्मा आएर माफी नमागेसम्म बैठक चल्न नदिने प्रष्ट्याएका हुन्।
सचेतक परियारले प्रधानमन्त्री साहको कूटनीति र राजनीतिसम्बन्धी सामान्य ज्ञान समेत नभएको कुरा यसले छताछुल्ल पारेको जिकिर गर्दै उक्त अभिव्यक्ति काँग्रेसका लागि कुनै पनि हालतमा स्वीकार्य नहुने अडान दोहोर्याए। साथै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारत भ्रमणको क्रममा दुई मुलुकबिचको बहुआयामिक सम्बन्धको महत्त्वलाई अनुशरण गर्न नसकेको भन्दै उनले आक्रोश समेत व्यक्त गरे।
Read full story at source (hamrakura.com)