उद्धार र राहत तीव्र बनाउन मित्रराष्ट्रसँग प्राविधिक सहयोग मागिएको छ : परराष्ट्रमन्त्री खनाल
barnanmedia.com · Sat Aug 29 09:57:08 GMT 2026

काठमाडाैं । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकमा आइपरेको प्राकृतिक विपद्पछिको उद्धार र राहत कार्यलाई तिब्रता दिन सरकारले मित्रराष्ट्रहरूसँग विभिन्न प्राविधिक सहयोगको प्रश्ताव गरेको जानकारी दिनुभएको छ ।
शनिवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खनालले फरेन्सिक क्षमता अभिवृद्धि र विकट क्षेत्रमा राहत पुर्याउन आधुनिक प्रविधिको आवश्यकता रहेको बताउनुभएको हो । मन्त्री खनालकाअनुसार रसुवालगायतका जिल्लामा पहिचान हुन नसकेका शवहरूको सनाखतका लागि नेपालको मौजुदा फरेन्सिक क्षमता अपर्याप्त रहेको छ । यसका लागि डिएनए परीक्षण र रिपोर्टिङमा सहयोग पु¥याउन विदेशी सरकारहरूलाई आग्रह गरिएको उहाँले बताउनु भयो ।
Read full story at source (barnanmedia.com)