नेपाल टेलिकमको फोरजी सेवा मुगु र बाजुराका दुर्गम बस्तीमा विस्तार
aarthiknews.com

काठमाडौं । नेपाल टेलिकमले मुगु र बाजुरा जिल्लाका दुर्गम हिमाली क्षेत्रमा फोरजी मोबाइल सेवा विस्तार गरेको छ। कम्पनीले मुगुको सोरु गाउँपालिका–६, सोरुकोट तथा बाजुराको हिमाली गाउँपालिका–१, बिच्छ्या (नेटा) र वडा नं. ५, कुँवाडी क्षेत्रमा फोरजी सेवा सञ्चालनमा ल्याएको जनाएको छ।
सोरुकोटमा आयोजित सेवा शुभारम्भ कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरकारी निकायका प्रतिनिधि, नेपाल टेलिकमका प्राविधिक कर्मचारी तथा स्थानीयवासीको सहभागिता रहेको थियो।
Read full story at source (aarthiknews.com)