राष्ट्र बैंक सञ्चालक समितिमा अर्थसचिव रहने व्यवस्था हटाउन रास्वपाको माग
shilapatra.com · Fri Jul 17 14:47:50 GMT 2026

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपाल राष्ट्र बैंक सञ्चालक समितिमा अर्थसचिव रहने व्यवस्था हटाउनुपर्ने प्रस्ताव अघि सारेको छ । शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समिति बैठकमा नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथिको छलफलका क्रममा संशोधन प्रस्तुत गर्दै रास्वपा सांसद लीमा अधिकारीले केन्द्रीय बैंकको सञ्चालक समितिमा अर्थसचिव रहने व्यवस्था हटाउनुपर्ने बताएकी हुन् ।
अर्थ मन्त्रालयको प्रत्यक्ष प्रतिनिधित्व रहँदा मौद्रिक नीतिमा कार्यपालिकाको प्रत्यक्ष प्रभाव पर्न सक्ने जोखिम भएकाले केन्द्रीय बैंकको स्वायत्तता सुदृढ गर्न यस्तो व्यवस्था आवश्यक रहेको उनको तर्क छ । वित्तीय प्रणाली विकसित भएका धेरै मुलुकमा सरकारी प्रतिनिधिलाई सञ्चालक समितिमा नराख्ने वा पर्यवेक्षकका रूपमा मात्र सहभागी गराउने अभ्यास रहेको उनले उल्लेख गरेकी छन् ।
Read full story at source (shilapatra.com)