अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ
ratopati.com · Fri Jul 17 14:53:16 GMT 2026

काठमाडौँ । मुलुकको विभिन्न स्थानबाट लागुऔषधसहित ९ जनालाई पक्राउ गरिएको नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
कैलालीको टीकापुर नगरपालिका-९ खक्रौलाबाट नियन्त्रित लागुऔषध नाइट्राभेट-५ ट्याब्लेटसहित सोही ठाउँका ३१ वर्षीय दीपक धामीलाई आज इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । टीकापुर नगरपालिका-१ बाट खैरोहेरोइन जस्तो देखिने पदार्थ एक ग्राम ११० मिलीग्रामसहित २९ वर्षीय रविन चौधरी र जानकी गाउँपालिका-८ भोक्सीका १९ वर्षीय आयुष चौधरी पक्राउ परेका छन् ।
Read full story at source (ratopati.com)