पक्राउपछि मेयर राजेशमान सिंह अदालतमा, कानुनी प्रक्रिया अगाडि बढ्दै
kalakarmi.com · Tue Jun 02 09:42:29 GMT 2026

पर्सा- लिखतसम्बन्धी (नक्कली कागजात) कसुरमा पक्राउ परेका वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई जिल्ला अदालत पर्सामा हाजिर गराई बयान लिन प्रारम्भ गरिएको छ ।
मंगलवार बिहान पर्साको ठोरीबाट पक्राउ परेका मेयर सिंहलाई प्रहरीले अदालतमा उपस्थित गराएको हो । मेयर सिंहलाई बिहान करिब ९ बजे अदालतमा उपस्थित गराइएको थियो । सम्बद्ध स्रोतले दिएको जानकारी अनुसार पर्सा जिल्ला अदालतका न्यायाधीश गायत्री प्रसाद रेग्मीको इजलासमा सिंहको बयान लिने कार्य यतिबेला जारी रहेको छ ।
Read full story at source (kalakarmi.com)