प्रतिनिधि सभामा विपक्षीको अवरोध कायमै, बैठक स्थगित
hamrakura.com · Tue Jun 02 00:00:00 GMT 2026
काठमाडौँ । प्रतिनिधि सभा बैठकमा मङ्गलबार पनि विपक्षी दलहरूले आफ्नो अवरोध जारी राखेका छन्। मङ्गलबार बसेको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र साह (बालेन) ले नेपाल-भारत सीमा विवादबारे संसद्मा दिएको अभिव्यक्तिको तथ्य सार्वजनिक गर्नुपर्ने र बिना तथ्य बोलेकोमा माफी माग्नुपर्ने अडान राख्दै नाराबाजीसहित अवरोध गरेका हुन्।
बैठकको सुरुमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढिरहँदा समेत विपक्षी सांसदहरूले आफ्नो अवरोध र विरोध प्रदर्शनलाई निरन्तरता दिएका थिए। विपक्षी दलका सांसदहरू सभामुखको आसन नजिकै (रोष्टम घेराउ गर्दै) पुगेर जोडदार नाराबाजी गरेपछि संसद्को कार्यसूची अगाडि बढ्न सकेन।
Read full story at source (hamrakura.com)