कुखुराजन्य उत्पादनको खपत बढ्न थाल्यो
lokaantar.com

बर्डफ्लुको प्रभावका कारण घटेको कुखुराजन्य उत्पादनको खपत बढ्न थालेको छ । देशका विभिन्न ठाउँमा बर्डफ्लु देखिएपछि खपत घटेको थियो । यससँगै घटेको मूल्यसमेत बढ्न थालेको छ ।
बर्डफ्लुका कारण मासुको खपतमा गिरावट आएको थियो । अण्डामा कम प्रभाव परेको भन्दै पूर्ववत् अवस्थामा फर्किन थालेको किसान बताएका छन् । नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेले अण्डा र मासुको खपत पूर्ववत् अवस्थामा आउन थालेको बताए । उनका अनुसार दैनिक आठ लाख किलो हाराहारी मासु खपत हुने गरेकामा घटेर छ लाख किलोमा झरेको थियो । अहिले पुनःबढ्ने क्रम शुरू भएको छ ।
Read full story at source (lokaantar.com)