दाङमा ७७ प्रतिशत रोपाइँ
ratopati.com · Fri Jul 17 15:31:27 GMT 2026

दाङ । दाङमा साउनको आजसम्म ७७ प्रतिशत रोपाइँ भएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रका वरिष्ठ कृषि प्रसार अधिकृत आशा भण्डारीका अनुसार देउखुरी क्षेत्रमा अधिकांश खेतमा रोपाइँ भइसकेको छ।
तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका, दङ्गीशरण, शान्तिनगर र बबईलगायत पालिकामा रोपाइँ जारी रहेको उनले जानकारी दिइन्। देउखुरी उपत्यकामा पर्ने लमही नगरपालिका, राप्ती, गढवा र राजपुर गाउँपालिकामा सिँचाइ सुविधा पुगेकाले ९८ प्रतिशत धान रोपाइँ भइसकेको कार्यालयले जनाएको छ।
Read full story at source (ratopati.com)