संयुक्त राष्ट्रसंघद्वारा गाजा पट्टीमा जारी इजरायली आक्रमणको निन्दा
nepalnews.com · Tue Jun 02 10:48:53 GMT 2026
न्युयोर्क। संयुक्त राष्ट्रसंघीय मानव अधिकार कार्यालयले गाजा पट्टीमा भएको इजरायली कब्जा र आक्रमणको निन्दा गर्दै अन्तर्राष्ट्रिय मानवीय कानुनको निरन्तर उल्लङ्घन भएको जनाएको छ।
कार्यलयले निरन्तरको द्वन्द्वले बालबालिकाको बिग्रँदै गएको मानवीय अवस्थाको बारेमा चेतावनी दिएको छ। लामो समय सम्म चलिरहेको नाकाबन्दीले गाजा बासीलाई पर्याप्त आश्रय, औषधि, र खाद्यान्न आपूर्ति लगायतका आधारभूत आवश्यकताबाट वञ्चित गरेको जनाइएको छ भने सैन्य अपरेसनको समयमा अन्तर्राष्ट्रिय कानूनको उल्लङघन भएको विज्ञप्ति मार्फत चेतावनी दिएको छ।
Read full story at source (nepalnews.com)