प्रदेश प्रमुख खापुङसमक्ष प्रतिवेदन पेस
ratopati.com · Tue Jun 02 10:53:06 GMT 2026

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष महालेखा परीक्षकको कार्यालयको आर्थिक वर्ष २०८१/८२ वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको छ ।
उनीसमक्ष महालेखा परीक्षक कार्यालयका नायब महालेखा परीक्षक शिवकुमार राईले कार्यालयको वार्षिक प्रतिवेदन आज पेस गरेका हुन् । प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख खापुङले आर्थिक अनुशासन कायम गराउन प्रतिवेदन कोशेढुङ्गा सावित हुने बताए ।
Read full story at source (ratopati.com)