मोबाइलसँगै नष्ट भयो जन्मदर्ता पनि, प्रशासनले सुनेन अभिभावकको आग्रह
ratopati.com · Sat Jun 06 11:00:09 GMT 2026

काठमाडौं । गत चैतमा सम्पन्न एसईई र वैशाखमा सम्पन्न कक्षा १२ को परीक्षाका क्रममा सिरहाका परीक्षा हलबाट जफत गरिएका करिब पाँच सय थान मोबाइल नष्ट गरिएपछि अभिभावकहरूले आफ्नो महत्त्वपूर्ण विवरणहरू गुमाउनु परेको गुनासो गरेका छन् ।
आफूहरूले पटक–पटक सिरहा प्रशासन र शिक्षा विकास तथा समन्वय इकाइलाई मोबाइल नष्ट नगर्न अनुरोध गरे पनि सुनुवाइ नभएको अभिभावकहरूले गुनासो गरेका हुन् । बरु परीक्षा हलभित्र मोबाइल लैजानै नपाउने वातावरण बनाइदिएको भए हुने उनीहरूको भनाइ छ । तर यसरी मोबाइल जफत गरेर नष्ट गर्नु गैरजिम्मेवार काम भएको उनीहरूको आरोप छ ।
Read full story at source (ratopati.com)