नेपाललाई दुर्लभ मौका
nepalnews.com · Tue Jun 02 11:15:56 GMT 2026
भारतका सबैभन्दा ठूला बहुउद्देश्यीय रंगशालामध्येको गोवास्थित जवाहरलाल नेहरू रंगशालामा बुधबार साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा दक्षिण एसियाका दुई बलिया टोली नेपाल र बाङ्लादेश आमनेसामने हुँदैछन्। दुवै टोलीको लक्ष्य आक्रमक फुटबल खेल्दै फाइनल यात्रा सुनिश्चित गर्ने हुनेछ।
नेपाली टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपाने आशातित प्रदर्शन नभएको भन्दै आलोचनाको सामना गरिरहेका छन्। उता, बाङ्लादेशका मुख्य प्रशिक्षक पिटर बटलर पनि दबाबमुक्त छैनन्। धेरैको अपेक्षाविपरीत साबिक विजेता बाङ्लादेश समूह चरणको अन्तिम खेलमा भारतसँग ३-० ले पराजित भएपछि समूह उपविजेताका रूपमा सेमिफाइनलमा पुगेको हो।
Read full story at source (nepalnews.com)