उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्याउने खर्च प्रदेश सरकारले बेहोर्ने
nepalnews.com · Sat Aug 29 10:10:18 GMT 2026

हेटौँडा। रसुवा बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्ति तथा पहिचान भएका शव सम्बन्धित ठेगानासम्म पुर्याउन लाग्ने खर्च बागमती प्रदेश सरकारले बेहोर्ने भएको छ।
प्रदेश विपद् व्यवस्थापन कोषबाट सम्बन्धित स्थानीय तहको विपद् व्यवस्थापन कोषमा आवश्यक रकम उपलब्ध गराइने आर्थिक मामिला तथा योजनामन्त्री सरल सहयात्री पौडेलले जानकारी दिए। उनले उद्धार गरिएका व्यक्ति तथा पहिचान भएका शव घरसम्म लैजान सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिसँग सम्पर्क गर्न आग्रह गरे। आवश्यक खर्च तथा व्यवस्थापनका लागि स्थानीय तहलाई प्रदेश सरकारसँग समन्वय गर्न भनिएको छ।
Read full story at source (nepalnews.com)